Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साग भनेर धतुरो खाँदा लमजुङमा एकको मृत्यु, दुई जना बिरामी


    मंगलबार, कार्तिक २३ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एक जनाको ज्यान गएको छ । दुई जना बिरामी भएका छन् ।

    साग भनेर धतुरोको तरकारी खादा ८३  पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।

    तरकारी खाएर बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीकाे बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएकाे छ । दुबै जना उपचारपछि घर फर्किएका छन् ।

    आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राती बेहोस भएको डीएसपी  कार्कीले बताए । उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर  हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार