Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै


    मंगलबार, कार्तिक २३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारतको औपचारिक भ्रमणमा जाँदैछन् । उनी भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा २६ कात्तिकसम्मका लागि दिल्ली भ्रमणमा जान लागेका हुन् । 

    प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम तय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    नेपाल र भारतबीच एक-अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । 

    प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्चपदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार