Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा, प्रचण्ड र माधव नेपालबीच भेट, मन्त्रिपरिषद बिस्तारबारे छलफल


    शनिबार, भाद्र १९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद बिस्तारकै बिषयमा तीन पार्टीका शीर्षनेताबीच आज वार्ता भएको छ । सरकार गठन भएको डेढ महिना बढी समय ब्यतित भइसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आज वार्ता गरेका छन् । शनिवार बिहान १० बजेबाट बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

    देउवालाई प्रधानमन्त्री बनाउने चार दलमध्ये दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रको मात्र सरकारमा प्रतिनिधित्व छ । बाँकी रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सरकारमा सहभागी भएका छैनन् ।

    पार्टीहरुबीच मन्त्रालय भागबण्डा मिल्न सकेको छैन । मन्त्रालय भागबण्डाका बारेमा सहमति जुटाउन शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका छन् ।

    चार पार्टीबीच मन्त्रालयको संख्या टुंगिए पनि कुन–कुन मन्त्रालय कसलाई भन्ने विषयमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । कांग्रेसले संचार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालयमा दाबी नछाडेपछि पार्टीहरुबीच भागबण्डा मिलेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार