युवराज संग्रौला
काठमाडौं ।
जतिबेला देशको राजनीतिमा पूरै छिन्नभिन्नको अवस्था छ, निर्वाचनमा बहुमत प्राप्त पार्टी अदालतद्वारा गराइएको राजनीतिद्वारा विभाजित गरिएको छ, अनि अलग भएको एमाले पनि विभाजित भएको छ, नयाँ सरकार बनेको छ त्यो पनि पूर्ण हुनसकेको छैन, यस्तो कमजोर र तरल राजनीति, जसको स्वार्थ राष्ट्र होइन पार्टी र व्यक्तिको स्वार्थ सिद्ध गर्नुमात्र रहेको छ, अवस्थामा राष्ट्रलाई शक्तिशाली रास्ट्रहरुको विवादको घनचक्करमा हाल्ने खेल बिदेशी गुप्तचर र राष्ट्रघाती बिकेका मानिसहरु गर्दैछन् ।
१. नेपाल र चीनबीच सम्पन्न सीमा सन्धिले दुई देशबीचको सीमा खम्बा गाडेर सुनिश्चित गरेको छ । सन्धिमा सीमामा कुनै विवाद हुँदा स्थानीय अधिकारीहरुले हेर्ने र कूटनैतिक छलफलबाट समाधान गर्ने ब्यवस्था छ । पररास्ट्र मन्त्रालयले चिनियाँ समकक्षीसँग कुराकानी गर्यो ? सीडीओले विवादको प्रतिवेदन पठाएको छ ? विवाद नभएको देशसँग विवाद सिर्जना गरेर नेपालको भूराजनितीलाई विवादको भूमरीमा हाल्ने काम गर्ने गिरोह सक्रिय छ भन्ने स्पस्ट छ । ‘टाइफाइड’ ले थलिएका बेला बक्सिङ खेल्न रिङ्गभित्र छिर्नु कति बुद्धिमानी हुन्छ ।’
२. अहिले सरकारले एमसीसीको बारेमा प्रश्न सोधेछ । कम्तीमा बहस खुल्यो, औपचारिक रुपमा । तर,
के सरकारका पदाधिकारीले सम्झौतापत्र हेर्नुभएको छैन ? यो सन्धिको ब्याख्या परराष्ट्र मन्त्रालयले गरोस् र भनोस् यसमा संधैभरिका लागि एमसीसीको कपिराइट छैन भनेर, सक्छ त्यसो भन्न ?
३. एमसीसी नेपाल बोर्डले अमेरिकी एमसीसी बोर्डको स्वीकृति नलिई केही गर्न पाउँछ ? नेपाल सरकारलाई एमसीसी बोर्डले बाँध्ने छ भनेको के हो ? के सरकारले गठन गरेको संयन्त्र सरकार भन्दा माथि हुन्छ ? के नेपाल सरकारलाई परियोजना अनुगमन गर्ने अधिकार छ ? परियोजनाले ओगटेको जमिन, जस्तै ट्रान्समिसन लाइन र बाटो बनाएको जमिनमा परियोजनाको एकाधिकार कायम गरिएको छ । त्यो जमिन अरुलाई प्रयोग गर्न दिंदा नेपाल सरकारले एमसीसीको अनुमति लिनुपर्ने भएपछि नेपालले अब उप्रान्त अमेरिकासँग सोधेर बाटो मर्मत गरांै कि नगरांै भन्ने ? यति बुझ्ने मानिस पनि छैनन् सरकारसँग ?
४. यो परियोजना अमेरिकी लगानी हो वा सहायता ? लगानी हो भने किन लगानी बोर्डमा लगिएन ? यस्ता लगानीका सम्झौता संसदमा लैजाने हो भने भोलि चीन र भारतबाट आउने सबै लगानी सम्झौता संसदमा लैजान्छ सरकारले ?
देशलाई अप्ठ्यारोमा हाल्ने खेलको गोटी किन बन्दैछन् राजनीतिक दलहरू ? नेपाललाई जबर्जस्ती विवाद र अन्तर्राष्ट्रिय खेलमा किन ठेलिंदैछ ? के एमसीसी र चीनसँगको सीमा विवाद केवल संयोगमात्र हो ? आफैं आगोमा फालहाल्दैछन् नेपालमा, राजनीति गर्नेहरू ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend