काठमाडाैं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, सङ्गठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताएका छन् ।
महासचिव पोखरेलले आज पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस्थापन गरिएको’ भए पनि आगामी निर्वाचनमार्फत् नयाँ जनादेशको तयारीका लागि पार्टी पुनःव्यवस्थित हुने जनाएका हुन् ।
माधवकुमार नेपालसहितका नेताले नेकपा (एकीकृत समाजवादी) गठन गरेको भए पनि एमालेले विधान महासधिवेशन र दसौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) सँगको एकताका क्रममा दुई पार्टीका राम्रा र नराम्रा दुवै पक्ष मिसिएको र गुटबन्दी, अराजकता र उपयोगितावादी शैलीका कारण नेकपा विभाजित हुँदै एकीकृत समाजवादी जन्मने स्थिति पैदा भएको बताए । राष्ट्रिय राजनीतिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व रहेको एक र सत्ता गठबन्धनमा आबद्ध दलको अर्को धु्रव क्रियाशील रहेको टिप्पणी गरे ।
नेपालको वाम आन्दोलनमा आफ्नो लामो समयदेखिको अग्रमोर्चामा भूमिका रहेको सन्दर्भ उल्लेख गर्दै उनले एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्धि र राष्ट्रिय स्वाधिनताका लागि स्पष्ट मुद्दा बोकेर जनतामा जाने बताए । तपाईँ आउँदो महाधिवेशनमा पार्टीको अध्यक्षको उम्मेदवार हो रु भन्ने पत्रकारको प्रश्नमा महासिचव पोखरेलको जवाफ थियो, “म त्यो पदका लागि डिजर्भ गर्छु तर यो घोषणा गर्ने कुराभन्दा पनि परिस्थिति, आवश्यकता र कार्यकर्ताको चाहनामा भर पर्छ ।”
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend