Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • माधव नेपालले प्रदीप नेपाललाई धोका दिएपछि छोडे साथ, भने- ‘झेली कुरा गर्न सिक्नुभएछ’


    सोमबार, भाद्र १४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादीका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् ।

    सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै प्रदीप नेपालले आफुलाई धोका भएको भन्दै माधव नेपालको साथ छोडेको संकेत गरेका छन् । उनले आफु तानाशाही प्रवृत्तिको सधैं विरोधी भएकोले केपी शर्मा ओलीको पार्टीमा पनि नजाने बताएका छन् । 

    उनले लेखेका छन्- ‘माधव कमरेड, म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ नेता नेपालले भनेका छन्,  ‘तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार