Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संवैधानिक नियुक्तिमा भागबण्डा लिएको भन्दा प्रधानन्यायाधीश इजलासमै आक्रोशित


    शुक्रबार, भाद्र ११ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा भएका नियुक्तिविरुद्धको रिटको संवैधानिक इजलासमा सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा आक्रोशित भएका छन् ।

    रिट निवेदक ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले पनि परिषद्‍मा बसेर नियुक्तिमा भागबण्डा लिएको भन्दै इजलास छाड्न सुझाव दिएपछि राणा आक्रोशित भएका हुन् ।

    राणाले भने, ‘नियुक्तिका विषयलाई लिएर आरोप लगाउन मिल्दैन । गैरकानूनी हो भने आधार देखाउनुस् । अधिकारप्राप्त निकायले गरेको नियुक्तिमा भागबण्डाको कुरा नगर्नुस् ।’ 

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद् बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा निरन्तर अनुपस्थित भएपछि अध्यादेशमार्फत परिषद् बैठकसम्बन्धी व्यवस्था संशोधन गरी अख्तियारलगायत विभिन्न निकायमा नियुक्ति गरिएको थियो ।

    त्यसकाविरुद्ध सभामुखसहितले अदालतमा रिट दायर गरेका छन् । सोही मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार