Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हत्याकाे अभियोगमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद आलमको मुद्दामा आज सुनुवाई हुँदै


    शुक्रबार, भाद्र ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । हत्या अभियोगमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकाे मुद्दाम आज सुनुवाई हुने भएकाे छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाई हुने भएकाे हाे ।

    रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

    आलमको सोही निवेदनमाथि सुनुवाईका लागि पेसी तोकिएको हो । यसअघि गत साउन २९ गते आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको थियो।

    उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार