Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २ हजार ५२५ जना काेराेना संक्रमित थपिंदा ३५ जनाको मृत्यु, २ हजार ८६ जना डिस्चार्ज


    मंगलबार, भाद्र ८ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८१० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ९ हजार ९०९ जनाको पिसिआर र ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

    त्यस्तै, २ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

    यसको संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।

    हाल सक्रिय संक्रमित ३८ हजार २५० सय छन् । यसैगरी हालसम्म निको हुनेको दर ९३. ५ प्रतिशत रहेको छ ।

    यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६८९ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार