काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेे)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन्
उनले आज साँझ ५ बजे नेप्सेकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामा दिएको जानकारी दिएका हुन् ।
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि विवादमा तानिएका सीईओ साउदलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो ।
नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै संसदको अर्थ समितिका सदस्यहरुले छानबिन गरेर साउदलाई निलम्बन गरी कारवाही गर्नुपर्ने बताउँदै आएकाे छ ।
सेयर खरिद प्रकरणमा मुछिएका साउदको नेप्सेमा कार्यकाल सकिन अब ३ महिना मात्रै बाँकी थियो । उनले आजै अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएको बताइएको छ ।