Nepal Face
  • आइतबार, १० साउन २०८३
    • राजनीति
    • समाचार
      प्रदेश
    • अर्थ
    • प्रशासन
    • विचार
    • विशेष
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • भिडियो
    • अन्तर्राष्ट्रिय

    यहाँ टाईप गर्नुहोस्...

      NepalFace
      • राजनीति
      • समाचार
        • प्रदेश
      • अर्थ
      • प्रशासन
      • विचार
      • विशेष
      • खेलकुद
      • प्रविधि
      • फोटो
      • भिडियो
      • अन्तर्राष्ट्रिय
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • नेकपा एमाले
    • रवि लामिछाने
    • केपी शर्मा ओली
    • नेपाली कांग्रेस
    • काठमाडौँ महानगरपालिका
    • प्रतिनिधिसभा

    दिगो विकास लक्ष्य प्राप्ति गर्न राजनीतिक नेतृत्वलाई ढाँचा बदल्न सुझाव


    Basu Dev Paudel
    मंगलबार, भाद्र ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • 1.1K
  • सेयर
  • काठमाडाैं । राष्ट्रिय योजना आयोगले अहिलेकै तौरतरिका र ढाँचाबाट अघि बढेमा मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा कठिनाइ हुने जनाउ दिएको छ ।

    योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दिगो विकास लक्ष्य प्राप्तिमा राजनीतिक नेतृत्वले अहिले अभ्यासमा रहेको काम गर्ने तरिका र ढाँचाबाट अघि बढ्न खोजेमा त्यो सम्भव नहुने सुझाव दिनुभयो ।

    दिगो विकास लक्ष्य प्राप्तिमा भएका उपलब्धिबारे संसदीय समितिलाई जानकारी दिदैँ उहाँले भन्नुभयो, “संवेदनशील र जिम्मेवार भएर काम गर्ने राजनीतिक नेतृत्वका लागि अवधिक निर्वाचनमा सफलताका लागि ठूलो अवसर छ ।” संयुक्त राष्ट्रसङ्घले सन् २०१५ सेप्टेम्बरमा २०१६ देखि २०३० सम्ममा विश्वको रुपान्तरण र विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछोड्ने प्रतिबद्धताका साथ दिगो विकासका लक्ष्य घोषणा गरेको थियो । उक्त घोषणमा १७ वटा लक्ष्य, १६९ वटा परिमाणात्मक लक्ष्य र २३२ विश्वव्यापी सूचकांक निर्धारण गरिएका छन् । दिगो विकास लक्ष्यमा सामाजिक, आर्थिक र पर्यावरणीय आयाम छन् ।

    आयोगले भनेको छ, “आफ्नो कार्यकालमा आम नागरिकको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्षम राजनीतिक दलको नेतृत्व आवधिक निर्वाचनमा पुन ः निर्वाचित भएर आउन सक्ने अनुमान र अध्ययन पनि छ ।”

    राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिमा आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले मुलुकमा सडक पूर्वाधार निर्माणमा राज्यको क्षमता कमजोर रहेकाले राजनीतिक नेतृत्वको दीर्घकालीन सोच, कर्मचारीमा सुझबुझपूर्ण योजना निर्माण, ठेकेदारमा समय सीमाभित्र गुणस्तरीय निर्माण गर्ने प्रणाली विकसित हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

    दिगो विकास लक्ष्यको कार्यान्वयनका सबै रणनैतिक योजना र परिचालनका क्रियाकलामा संलग्न सबै संस्था र सङ्गठनमा नवप्रवद्र्धन गर्न सक्ने नेतृत्व र व्यवस्थापन आवश्यक रहेको जनाउँदै आयोगले राजनीतिक नेतृत्वबाट मात्र त्यस्तो काम सम्भव हुने निष्कर्ष निकालेको छ । आयोगले भनेको छ, “राजनैतिक नेतृत्वले आम नागरिकलाई कुनै पनि विषयका लागि एउटा ठाँउमा ल्याउन र रचनात्मक सहभागितालाई प्रोत्साहन गर्न तथा अनिश्चितता र अराजकता हुन नदिन प्रयत्न गर्छ ।”

    विश्वका सबै राष्ट्रमा सहभागितामूलक, अधिकारमुखी र समतामूलक विकास गरी गरिबी र भोकमरी अत्य गर्ने तथा सबैलाई स्वास्थ्य एवं शिक्षा पु¥याउने, लैङ्गिक समानता, सबैका लागि स्वच्छ पानी, सबैमा ऊर्जाको पहुँच, गोजगारी प्रवद्र्धन, आर्थिक वृद्धि, उद्योग, पूर्वाधार विकास र दिगो शहरीकरणजस्ता विषय पनि उक्त लक्ष्यमा समेटिएको छ ।

    अर्का सदस्य दिननाथ शर्माले इच्छाशक्ति, राज्यशक्ति, श्रम र पैसा हुँदा समेत विकास र पूर्वाधार निर्माणमा लक्ष्य नभेटाउनु भनेको राष्ट्रप्रतिको समपर्ण र क्षमताको कमी त होइन भनी जिज्ञासा राख्नु भयो । उहाँले भन्नुभयो, “अर्थ र राजनीतिक एक–अर्काका पुरक हुन्, हाम्रा सडकसँग गाउँका उत्पादनलाई जोड्न सक्नुपर्छ, हाम्रो शिक्षा जागिर र विदेश यात्रासगँ सीमित भएकाले उत्पादनसँग जोड्न सकिए, तीन तहका सरकारबीच समन्वयको संयोजन गर्ने कार्यमा राष्ट्रिय योजना आयोगले भूमिका खेलोस् । सभापति तारादेवी भट्टले दिगो विकासका लक्ष्य प्राप्तिका लागि आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयनको लेखाजोखा गर्ने मामिलामा प्रभावकारी भूमिका खेल्न सकोस् भन्नुभयो । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार
    • प्रधानमन्त्रीको सचिवालयबाट हटाइए माधव खनाल

    • एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छ: शिक्षामन्त्री

    • भ्रष्टाचार मुद्दामा पक्राउ परेकी इन्सपेक्टर गुरुङलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    • लुम्बिनी सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा

    • आईजीपी पौडेल लुम्बिनीका सीमा नाकाको अनुगमनमा, तस्करीदेखि अबैध गतिविधि नियन्त्रण गर्न निर्देशन

    • एमबीएसको प्रश्न पत्र बाहिरिएको घटना छानबिन गर्न त्रिविले बनायो समिति

    • एमबीएसको प्रश्न पत्र आउट गरेको आरोपमा २ जना पक्राउ 

    • गगन थापाले अन्तिम समयमा किन गरे भारत भ्रमण स्थगित ?

    • प्रदेशसभा विघटनबाट जोगाउन एमालेसँग सहकार्य भएको हो: नारायणकाजी श्रेष्ठ

    • सेनाको ब्याकअपमा बंगलादेशदेखि नेपालमा आगजनी र ज्यानकै क्षति, भारतमा कक्रोचले भोग्यो यस्तो नियति

    सम्पर्क

    आकर्षक मिडिया प्रा. लि.
    अनामनगर मच्छिगल्ली, काठमाडौं
    सुचना तथा प्रसारण विभाग
    १७८०/०७६-७७
    ईमेल: nepalface21@gmail.com
    सम्पर्क नम्बर : ०१-४१०२६८२

    हाम्रो टिम

    अध्यक्ष
    माधव प्रसाद पौडेल

    सम्पादक
    राजुप्रसाद तिमल्सिना

    हाम्रो मिनु
    • समाचार
    • राजनीति
    • देश
    • विचार ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • अर्थ बिजनेस
    • स्वास्थ्य
    • देश
    • खेलकुद
    • मनोरञ्जन
    • तस्विरहरु
    लिंकहरु
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम
    • विज्ञापनका लागि
    • प्रयोगका सर्त
    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम
    logo
    यूनिकोड भिडियो

    © 2026 All right reserved to nepalface.com  | Site By : SobizTrend