काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप आठ दिन लम्ब्याइएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा भदौ १६ गतेसम्म बढाउने निर्णय गरेको हो ।
उपत्यकाका सिडिओहरुले राति ८ बजेपछि सवारी चल्न नपाउने व्यवस्था पनि हटाएका छन् ।
यस अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, दर्शकसहितको खेलकुद लगायतका भीडभाडयुक्त गतिविधि गर्न रोक लगाइएको छ ।
यस्तै शैक्षिक संस्थाहरुमा पनि भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न पाइने छैन । तर जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक दूरी कायम गरेर परीक्षा भने सञ्चालन गर्न पाइने छ ।