काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो ।
सोमबार प्रतितोला ९१ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि बढेर तोलाको ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १ हजार २ सय रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।