काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जनाको पिसिआर र २ हजार ६२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै, १ हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यसको संक्रमणबाट थप २४ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।
हाल सक्रिय संक्रमित ३८ हजार ३५१ सय छन् ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७०८ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन् ।