Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकार फसाउने घुमुवा प्रहरी निलम्बित, परिचालन गर्ने एसपीलाई उन्मुक्ति 


    सोमबार, भाद्र ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । पत्रकारलाई लागूऔषध मुद्दामा फसाउन लगाउने रौतहट प्रहरीका दुई घुमुवा प्रहरीलाई निलम्बन गरिएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयको निर्देशनमा रौतहटका एसपी सिद्धिविक्रम शाहले उनीहरुलाई निलम्बन गरेका छन् ।

      प्रहरीका अनियमितताका बिषयमा समाचार लेखेकै कारण पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने ती घुमुवालाई निलम्बन गरिएको हो । पत्रकारलाई लागूऔषध हालेर फसाउने कार्यमा संलग्न घुमुवा असई उदयप्रसाद यादव र जवान मनोज साह निलम्बनमा परेका छन् । प्रहरीले घटनाको अनुसन्धान थालिएको बताएको छ ।

    प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेश कार्यालयलाई लागूऔषध हालेर फसाइएको घटनामा संलग्नमाथि कारबाही गर्न निर्देशन दिए लगत्तै असई यादव र जिल्ला प्रहरी कार्यालय रौतहटले जवान यादवलाई निलम्बन गरिएको छ । यादव र साह एसपी शाहका घुमुवा हुन् ।  

    साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएका दुई घुमुवा प्रहरीको योजनामा मोहम्मद मोजिबुल्लाह र शेख अतिउल्लाह सवार बिआर ३० एस–१८८७ नम्बरको मोटरसाइकलमा लागूऔषध नाइट्रोभेटका १५० ट्याब्लेट राखिएको थियो ।

    घुमुवाको योजनामा लागूऔषध राख्ने धिरज यादव र जितेश यादवलाई आपराधिक षड्यन्त्र गरेको कसुरमा जिल्ला अदालत रौतहटबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीले जनाएको छ ।

    रौतहट प्रहरीका एसपी शाहले नै घुमुवाहरुलाई पत्रकारलाई फसाउन दुरुपयोग गरेको भए पनि उनलाई उन्मुक्ति दिइएको छ । एसपी शाहले घुमुवा परिचालन गरी अतिरिक्त असुली गर्दैआएको बिषय सार्वजनिक भएपछि उनले मोटरसाइकलमा लागूऔषध राख्न लगाई फसाइएको थियो ।

    यसअघि एसपी सिद्धिविक्रम शाहले १ नम्बर प्रदेश प्रहरी सशस्त्र गण रानी मोरङको दरबन्दी भएका असई हरेन्द्र ठाकुरलाई काज सरुवा गरी घुमुवाका रुपमा परिचालन गरेका थिए । ठाकुर लामो समयदेखि २ नम्बर प्रदेशका रौतहट, बारा, पर्सा, सर्लाही, धनुषा जिल्लामा बसी प्रहरी हकिमका लाग अतिरिक्त आम्दानी गराउने अनुभवी घुमुवा भएकाले उनले ल्याएका थिए ।

    हरेन्द्र ठाकुरका भाइ महेन्द्र ठाकुरलाई एसपी शाहले घुमुवा राखी असुली गर्दैआएको समाचार सार्वजनिक भएपछि उनले काजफिर्ता गर्न बाध्य भएका थिए । ठाकुर दाजुभाइलाई काजफिर्ता गरेपछि एसपी शाहले असई उदयप्रसाद यादव र जवान मनोज साहलाई घुमुवाका रुपमा परिचालन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार