Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एमालेको अवरोधकाबीच आजै विश्वासको मत लिँदै मुख्यमन्त्री केसी


    सोमबार, भाद्र ७ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल  । नेकपा एमालेका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारिरहेकै बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने भएका छन् । 

    केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएपनि मार्सल लगाएर विश्वासको मत लिने तयारी गरेका हुन् ।

    मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आजै विश्वासको मत लिन लागेका हुन् । 

    प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्रीले वक्तव्यसहित आफूमाथि प्रदेशसभामा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल गरी सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरिएको छ । 

    मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि साउन ३२ गते नै प्रदेशसभा सचिवालयमा सूचना दिएको उल्लेख गरिएको छ ।  

    236231961_604217770569277_3224593462067474531_n_HaK67zEEOw.jpg

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार