Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
    • राजनीति
    • समाचार
      प्रदेश
    • अर्थ
    • प्रशासन
    • विचार
    • विशेष
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • भिडियो
    • अन्तर्राष्ट्रिय

    यहाँ टाईप गर्नुहोस्...

      NepalFace
      • राजनीति
      • समाचार
        • प्रदेश
      • अर्थ
      • प्रशासन
      • विचार
      • विशेष
      • खेलकुद
      • प्रविधि
      • फोटो
      • भिडियो
      • अन्तर्राष्ट्रिय
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • नेकपा एमाले
    • रवि लामिछाने
    • नेपाली कांग्रेस
    • पुष्पकमल दाहाल प्रचण्ड
    • काठमाडौँ महानगरपालिका
    • प्रतिनिधिसभा

    जापानले अनुदानमा दिएकाे पाँच लाख मात्रा खोप काठमाडाैं आइपुग्यो


    Basu Dev Paudel
    सोमबार, भाद्र ७ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • 740
  • सेयर
  • काठमाडाैं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार आज आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको छ ।

    यसअघि साउन २३ र २४ गते नौ लाख मात्रा र यही भदौ ५ गते दुई लाख आठ हजार ७०० मात्रा खोप नेपाल आएको थियो । जापानबाट उपलब्ध भएको खोप प्रदेश नं. १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने उनले जानकारी दिए ।

    गत फागुनमा कोभिसिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ । भारतबाट खरिद गरिएको कोभिसिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो ।

    यसैगरी मन्त्रालयका प्रवक्ता डा पौडेलले चीनबाट अनुदानमा थप १६ लाख मात्रा भेरोसेल खोप समेत चाँडै नै आउने बताए । उनले नियमित आउने खोप ५० वर्ष मुनिका र प्राथमिकतामा परेकालाई लगाइने जानकारी दिए ।

    नेपालमा अहिलेसम्म करिव एक करोड ४० लाख मात्रा खोप आइसकेको छ । अहिलेसम्म ४९ लाख ४२ लाख २५० जनाले पहिलो मात्रा र ३८ लाख ४६ हजार ७३६ जनाले पूर्ण मात्रामा खोप लगाइसकेको छन् । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार
    • निर्वतमान आईजीपी कार्कीको रिटमाथि बहस सकियो, केहीबेरमा आदेश आउँदै

    • प्रधानमन्त्री बालेनसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाको भेटवार्ता

    • सरकार उत्तरदायी बन्न सकेन, जनता उठ्नुपर्ने बेला भएको छ: अध्यक्ष ओली

    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा काठमाडौँको मेयरमा उम्मेदवारी दिने घोषणा

    • निर्वाचन प्रहरीको लत्ताकपडा खरिद प्रकरण : वालेननिकट सांसद बिदूषी पनि छानबिनमा तानिंँदै

    • प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

    • मलद्वारमा सुनजस्तो पदार्थ भेटिएपछि हङकङबाट आएका चिनियाँ नागरिक पक्राउ

    • ‘काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्ध गर्छौं’: मन्त्री लम्साल

    • ‘एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यक’: महानिर्देशक भट्टराई

    • गुल्मीमा प्रहरी क्वार्टरभित्रै इन्स्पेक्टर मृत भेटिए

    सम्पर्क

    आकर्षक मिडिया प्रा. लि.
    अनामनगर मच्छिगल्ली, काठमाडौं
    सुचना तथा प्रसारण विभाग
    १७८०/०७६-७७
    ईमेल: nepalface21@gmail.com
    सम्पर्क नम्बर : ०१-४१०२६८२

    हाम्रो टिम

    अध्यक्ष
    माधव प्रसाद पौडेल

    सम्पादक
    राजुप्रसाद तिमल्सिना

    हाम्रो मिनु
    • समाचार
    • राजनीति
    • देश
    • विचार ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • अर्थ बिजनेस
    • स्वास्थ्य
    • देश
    • खेलकुद
    • मनोरञ्जन
    • तस्विरहरु
    लिंकहरु
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम
    • विज्ञापनका लागि
    • प्रयोगका सर्त
    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम
    logo
    यूनिकोड भिडियो

    © 2026 All right reserved to nepalface.com  | Site By : SobizTrend