Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ८ महिने छोरीसहित बाबु,आमा झुण्डिएको अवस्थामा मृत फेला


    सोमबार, भाद्र ७ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् ।

    आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कीले बाँधेर झुण्डिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

    मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौँसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयवासीले बताएका छन् ।

    स्थानीयवासीका अनुसार रवीन वैदेशिक रोजगारमा स्थानीय युवालाई पठाउने एजेन्टका रुपमा काम गर्दै आएका थिए । आत्महत्या गर्नुपर्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार