Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सम्पूर्ण कम्युनिष्ट पार्टीहरुसँग एकताको पहल गर्ने माओवादी केन्द्रको निर्णय


    आइतबार, भाद्र ६ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले सम्पूर्ण कम्युनिष्ट पार्टीहरुसँग एकताको लागि वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे हिजो र आजको स्थायी समिति बैठकले पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

    बैठकका निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।’

    साथै बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरु र सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको छ । 

    केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी खिएकाे र राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने पनि निर्णय भएको श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार