काठमाडौं । साढे तीन बर्षअघि नेकपाले संघमा झन्डै दुईतिहाई बहुमत प्राप्त सरकार गठन गरेको थियो । ७ वटा प्रदेश सरकारमध्ये ६ वटामा नेकपाको प्रचण्ड बहुमतको सरकार थियो । ६ वटा प्रदेशमध्ये ४ वटा प्रदेशमा ओलीले आफ्नो कोटरीका मुख्यमन्त्री बनाए । पार्टीले चुनावमा मुख्यमन्त्रीका रुपमा अगाडि सारेका प्रदेश १ का भीम आचार्य र बागमतीका अष्टलक्ष्मी शाक्यलाई अपमानपूर्वक संसदीय दलको नेतामा हराए ।
सत्ताको दुरुपयोग गरी प्रदेश १ मा भीम आचार्यलाई संसदीय दलको नेतामा पराजीत गरियो । तस्करीबाट उदाएका र ठगी गरी अरबौंपति भएका अम्बिरबाबु गुरुङले माधव नेपाल पक्षका केही सांसदलाई एक जनाबराबर ३५ लाखसम्म दिएर किनबेच गरी आचार्यलाई संसदीय दलको नेतामा हराइएको थियो ।
माओवादी केन्द्रसँग मिलेर दुई तिहाई बहुमतप्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लौटी ढंगले सत्ता चलाउन खोजेपछि संघीय सरकारबाट उनी पदमुक्त भए ।
जनताले ५ बर्षका लागि जनादेश दिए तर ओलीले ५ बर्ष पनि सरकार चलाउन सकेनन् । उनकै कारण ४ वटा प्रदेशमध्ये गण्डकी र लुम्बिनीका प्रदेश सरकारबाट उनकै निकट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेलको सत्ता गुमिसकेको छ । गण्डकी र लुम्बिनीमा क्रमशः नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएका छन् ।
एमालेका समकालीन महिला नेतृमध्ये सबैभन्दा बढी योगदान भएकी अष्टलक्ष्मी शाक्यलाई अपमानको बिष पिउन बाध्य बनाई राजनीतिबाट निवृत्त भएका बृद्ध पितामह डोरमणि पौडेललाई मुख्यमन्त्री बनाएका ओलीले उनलाई पनि राजीनामा गराउने अवस्था आयो । डोरमणिलाई राजीनामा गराएर अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाएर माधव नेपालको अभियानलाई निस्तेज पार्न खोजेका छन् । तर अष्टलक्ष्मी शाक्यले ओली २०७५ जेठ २ मा फर्किनुपर्ने पक्षमा विज्ञप्ति निकालिसकेकी छन् ।
यदि अष्टलक्ष्मी केपी ओलीकै कित्तामा रहिन् भने उनी १ महिना पनि मुख्यमन्त्रीको कुर्सीमा बस्न नपाई बिदा हुनुपर्ने देखिन्छ । माधव नेपाल पक्षमा कम्तीमा ५ जना नै सांसद भए पनि अष्टलक्ष्मीको सरकार टिक्न मुस्किल छ ।
माधव नेपालको नेतृत्वमा पार्टीले मान्यता पाइसकेपछि अब प्रदेश १ मा पनि सरकार परिवर्तन हुनेछ । भीम आचार्य केपी ओलीसँग पार्टी एकताको भीख मागिरहेका छन् । ओलीको मुख्यमन्त्री बनाउने चास्नीमा डुबेर एकता कार्यदलमा बसी माधव नेपाललाई कमजोर बनाउने भूमिका खेलेका थिए आचार्यले । ओलीको चास्नीमा डुबेका उनी केही दिनमै सत्ताच्यूत हुने देखिएपछि मुख्यमन्त्रीको दौडबाट ब्याक भएका छन् । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईका बिरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने र उनी पदच्यूत हुने निश्चितै छ ।
प्रदेश १ मा सत्ताका सहयात्री नेपाली कांग्रेस र माओवादी केन्द्रले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने संभावना छ । नेकपा एकीकृतबाट मुख्यमन्त्रीमा भीम आचार्यको संभावना टरेको छ । नेकपा एकीकृतबाट मुख्यमन्त्रीमा युवानेता राजेन्द्र राईको संभावना प्रबल देखिन्छ । माधव नेपालको पक्षमा प्रखररुपमा खुलेका राईलाई नै अध्यक्ष नेपालले मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने देखिन्छ ।
अनेरास्ववियुका पूर्व अध्यक्ष तथा प्रदेश १ का प्रदेश सभा सदस्य राई निष्कलंक नेताका रुपमा चिनिन्छन् । अनेरास्ववियुको २ कार्यकाल अध्यक्ष भइसकेका राई नेकपाको एकता खारेजीपछि नै छुट्टै पार्टी गठन गरेर जानुपर्ने पक्षमा छन् ।
त्यसैगरी, नेकपा एकीकृतले प्रदेश १ मा मुख्यमन्त्री नपाएमा सुदूरपश्चिम प्रदेशमा पाउने छ । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृतको प्रदेश सभामा सशक्त उपस्थिति छ । माधव नेपाल पक्षीय सांसदहरुले त्रिलोचन भट्टको सरकार ढाल्ने केपी शर्मा ओलीको योजना असफल पार्न सहयोग गरेकाले पनि मुख्यमन्त्रीमा गरेको दाबीलाई स्वभाविक मान्न सकिन्छ ।
सुदूरपश्चिम प्रदेशमा नेकपा समाजवादीबाट मुख्यमन्त्रीका दाबेदार दीर्घ सोडारी हुन् । सोडारी सहितका सुदूरपश्चिम प्रदेशसभा सदस्यहरु भीम रावललाई समेत साथ दिन नसकिने भन्दै माधव नेपालको पक्षमा खुलिसकेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend