Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संक्रमित हुनेभन्दा निको हुने बढी, थप ३० जनाको मृत्यु


    शनिबार, भाद्र ५ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७०३ जनाको पीसीआर परीक्षणमा १ हजार ४२४  र ५ हजार ३७२ को एन्टिजेन परीक्षणमा ६५१ जना गरी २ हजार ०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ४५ हजार ७३१ जना पुगेको छ ।

    जसमध्ये ३६ हजार ०१५ जना होम आइसोलेसनमा र ३ हजार ३०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ४८५ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो सोमबार ३,०४२ जना संक्रमित थपिँदा २६ जनाको मृत्यु भएको थियो भने  २,२२४ जना डिस्चार्ज भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार