काठमाडौं । जापान सरकारले अनुदानमा पठाएको कोरोनाविरुद्धको दुई लाख डोज खोप आज नेपाल आइपुगेको छ । जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये आज शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो ।
यस अगाडी नै ९ लाख डोज खोप प्राप्त भइसकेको छ । बाँकी खोप सोमबारसम्ममा नेपाललाई प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।
नयाँ सरकार बनेपछि अहिलेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले खोप लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि ३६ लाखले मात्रै कोरोनाविरुद्धको खोप पाएका थिए ।
<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FJPNInNepal%2Fposts%2F1190515601443136&show_text=true&width=500″ width=”500″ height=”843″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>