Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओमानमा हुने विश्वकप लिग–२ का लागि नेपाली खेलाडीको नाम सार्वजनिक


    शनिबार, भाद्र ५ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली खेलाडीको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले  आज शनिबार बन्द प्रशिक्षणबाट १७ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको हो  । नेपालले १९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको थियो । युवा बलर गुलशन झा पहिलो पटक राष्ट्रिंय टोलीमा छनोट भएका छन ।

    लिग–२ अन्तर्गत नेपालले सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ ९भदौ २० र २३० मा खेल्नेछ ।

     लिग अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिकोणत्माक एकदिवसीय सिरिज खेल्नेछ ।लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

     नेपाल क्रिकेट संघ (क्यान)ले  सार्वजनिक गरेका  खेलाडीहरुको नाम 

    ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, शुसन भारी, शरद भेषावकर, विक्रम शोव

    नेपाली खेलाडी तथा पदाधिकारीहरु मंगलबार विहान ८ बजे सलामा एयरको विमानबाट ओमान प्रस्थान गर्ने पनि क्यानले बताएको छ ।

    criket bigyapati.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार