Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जापान सरकारले दिएको अस्ट्राजेनेका खोप आज र पर्सि ल्याउँदै


    शनिबार, भाद्र ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत दिएको अस्ट्राजेनेका खोपको बाँकी आज र पर्सि सोमवारसम्ममा काठमाडौं आइपुग्ने भएको छ ।

    जापान सरकारले दिएको १६ लाख डोजमध्ये आठ लाखभन्दा बढी यसअघि नै आइसकेको र बाँकी आज र पर्सीसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । यस्तै अस्ती बुधवार र बिहीवार गरी चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको उनले जानकारी दिएका छन् ।

    नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो । अहिलेसम्म कोभिशिल्ड २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० अस्ट्राजेनेका गरि १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार