Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरियो चीनमा सन्तान पाउने नीति,अब दम्पतीले तीन सन्तान जन्माउन सक्ने


    शनिबार, भाद्र ५ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बेइजिङ । चीन सरकारले अन्तत तीन सन्तान पाउने नीति (थ्री चाइल्ड पोलिसी) आधिकारिक रुपमा स्वीकृत गरेको छ  । शुक्रबार बसेको चीनका शीर्ष नीति निर्माताहरु र चीनको राष्ट्रिय विधायक (नेसनल पिपुल्स कंग्रेस–एनपीसी) को बैठकले सो नीति स्वीकृत गर्ने निर्णय गरेको हो ।

    अब चिनियाँ दम्पतीहरुले तीन सन्तान पाउन सक्नेछन् । संसारको सबैभन्दा बढि आवादी भएको मुलुक चीनमा उच्च जन्मदर घटाउने उदेश्यले नीतिगत रुपमा परिवर्तन गरिएको बताइएको छ । सत्तारुढ कम्प्युनिस्ट पार्टीले गरेको सो निर्णयको चीनले औपचारिक रुपमा समर्थन पाएको छ ।

    चीनको दशकौँ पुरानो ‘एक सन्तान नीति’लाई सन् २०१६ मा परिमार्जन गर्ने गरी हेरफेर गरिएको थियो । एक सन्तानको नीतिले चीनको जन्मदर घटेको भन्दै त्यसताका चीनले दुई सन्तानको नीतिलाई विकल्पको रुपमा अघि सारेको थियो ।

    घट्दो जन्मदरका कारण वर्तमान समयमा चीनमा काम गर्ने व्यक्तिको संख्यामा कमी आएको बताइन्छ । सिन्ह्वा न्युजका अनुसार तीन सन्तान पाउने दम्पतीलाई चीन सरकारले आकर्षक सेवा सुविधा उपलब्ध गराउने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार