Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पार्टी सनाखत गर्न निर्वाचन आयोगले बाेलायाे नेपाल र ठाकुरलाई


    शुक्रबार, भाद्र ४ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पार्टी सनाखत गर्न निर्वाचन आयोगले नेता माधव नेपाल र महन्थ ठाकुरलाई भदौ ९ गते बोलाएको छ ।

    आयोगले नेपाल नेतृत्वले दल दर्ताका लागि प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सनाखतका लागि बाेलाएकाे हाे ।

    शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले प्रस्तावित दलका नेता र सांसदहरुलाई हस्ताक्षर गर्न भदौ ९ गते ११ बजेदेखि २ बजेसम्मको समय छुट्टयाएको आयोग स्रोतले जनाएको छ

    यसअघि नेपाल र ठाकुरले प्रस्ताव गरेको पार्टीको नाममा फुर्को जोड्न नमिल्ने भएपछि दुवैले शुक्रबार नाम संशोधन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार