Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शैक्षिक सुधारका लागि रु १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा


    शुक्रबार, भाद्र ४ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

    उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोषको थालनी गरेको हो ।

    निर्माणाधीन सो वडास्थित भिराडिल खाइके साकुरा पार्क अवलोकनपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । उनले भने, ‘यो धर्तीमा काम नलाग्ने कुनै पनि त्यस्तो मानिस, वस्तु वा ठाउँ हुँदैन, त्यसको उदाहरण यो पार्क हो ।’ 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार