Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लालीगुराँस बहुउद्देश्यीय सहकारीको छैठौ सदस्य सुविधा काउन्टर भक्तपुरको सूर्यविनायमा


    शुक्रबार, भाद्र ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौ सदस्य सुबिधा काउन्टर भक्तपुर जिल्लाको सूर्यविनायकको पाण्डुबजारमा खुलेको छ ।

    संस्थाले सो सुविधा काउन्टरबाट आज शुक्रबार बाट कारोबार शुरु गरेको हो । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले ससुकाको उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले देशकै सबैभन्दा ठुलो सहकारीको रुपमा परिभाषा दिन र देशभरका जनतालाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको बताउनुभयो ।

    कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न सदस्य सुविधा काउन्टर थप गरिरहेको बताउनुभयो । उहाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताउनुभयो ।

    संस्थाले यसअघि संस्थाको ललितपुर चापागाँउ, काठमाडौं जिल्लाको चाबहिल, न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ ।

    प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको जानकारी गराउनुभयो । संस्थाले हालसम्म करिब ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा बिसं २०५६ साल भदौ १८ गते दर्ता भई असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्था २२औ वर्षमा शेयर सदस्यलाई सुविधा दिइरहेको छ ।

    232928393_423330679089383_3365477855418582464_n.jpg

    संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्र तर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज प्रा.लि. र नेशनल एकेडेमी, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।

    संस्थाबाट संचालित कार्यक्रमलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी रुपमा सञ्चालन गर्न आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा तालिम दिइरहेको छ ।

    सस्थाले सदस्य सुविधा काउण्टरलाई बृद्धी गरी निकट भविष्यमा उपत्यका भित्र र बाहिर गरी थप ६ स्थानहरुमा थप सुविधा काउण्टरहरु संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने तयारी भैरहेको भण्डारीको भनाई थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार