Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वमन्त्री आलेद्वारा तीन जना बिरामीलाई उपचारका लागि सहयोग


    शुक्रबार, भाद्र ४ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी । पूर्वमन्त्री  प्रेमबहादुर आलेले तीन जना बिरामीलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । आलेले  विभिन्न  बिरामीले काठमाडौँका अस्पतालमा भर्ना भई उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । 

    पूर्वमन्त्री आलेले कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार गराइरहेका  डोटी शिखर नगरपालिका–१ कपल्लेकीका महेश्वरप्रसाद जोशीलाई उपचारका लागि रु २० हजार, सोही नगरपालिका–३ अतुराली बस्ने करेन्ट लागेर गम्भीर घाइते भई धुलिखेल अस्पताल काभ्रेमा उपचार गराइरहेका १० वर्षीय राजेन्द्रबहादुर बोगटीलाई रु २५ हजार र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने आगोले जलेर घाइते भएकी मनिषा भण्डारीलाई रु १० हजार आर्थिक सहयोग गरेका छन् ।

    अस्पतालमा उपचार गराइरहेका पीडितहरुको आर्थिक अभावमा  उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमानमन्त्री आले आफैँ अस्पतालमा उपस्थित भई  सहयोग रकम हस्तान्तरण  गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार