Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानि महिलाको छट्पटाहट– तालिबानीले बाटोमा देखे भने मार्नेछन्


    शुक्रबार, भाद्र ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • एजेन्सी । तालिबानले अफगानिस्तान कब्जा गरेपछि बीबीसीले काबुलमा एक महिलासँग कुरा गरेको छ । यी महिलाले अफगानिस्तान सरकारका लागी लगभग दुई वर्षदेखि काम गरिरहेकी थिइन् ।

    तालिबानले राजधानी काबुलसहित देशका सम्पूर्ण शहरमा नियन्त्रण गरेपछि भविष्यको बारेमा डर लागेको उनले बताइन् । ती महिलाले आइतबार उनको जीवनको सबैभन्दा खराब दिन रहेको बताएकी छिन् ।

    बीबीसीसँग ती महिलाले भनेको कुरा जस्ताको त्यस्तैः

    बिहान म मेरो अफिस गएँ । त्यहाँ मैले एक मात्र महिला देखेँ । उनी ढोकामा तैनाथ सुरक्षा गार्ड थिइन् । त्यहाँ धेरै थोरै मानिसहरु थिए – यो एक सामान्य स्थिति थिएन ।

    तालिबान शहरको प्रवेशद्वारमा आइपुगेका थिए। मानिसहरु डराएका थिए । तर मलाई आतंकवादीहरु शहर भित्र पस्नेछन् भन्ने लागेको थिएन । म दिउँसो अफिसबाट निस्किँए ।

    मैले मेरो मोबाइल फोन चार्जर र केहि व्यक्तिगत कागजात लिएको थिएँ । म केहि पैसा निकाल्न बैंक गएँ किनकि सबै सकेसम्म धेरै पैसा निकाल्न खोज्दै थिए । त्यहाँको स्थिति निकै तनावपूर्ण थियो ।

    जब म बैंकमा पसेँ मैले मेरी आमा, बहिनी र भाइको मिस कल देखेँ । त्यसपछि मलाई निकै डर लाग्यो । मैले मेरी आमालाई फोन गरेँ । उनले हडबडाहटमा ‘तँ कहाँ के गर्दैछस् ?’ भनेर सोधिन् । उनले मलाई तत्काल घर आउन भनिन् । किनभने तालिबान शहरको पश्चिमी भागमा प्रवेश गरेको थियो ।’

    म धेरै डराएको थिएँ

    म भयभीत भएको थिएँ। सबैजना दौडिरहेका थिए। पसलहरु ढोका बन्द गर्दै थिए । सबैजना घर जान खोज्दै थिए । मेरो भाइले मलाई लिन आउँछु भनी फोन गरेको थियो । तर सवारी साधनका कारण सडकहरु जाम भएका थिए ।

    म त्यहाँबाट निस्किएर ट्याक्सी खोज्न गएँ। बाटोमा मैले मानिसहरुलाई दौडिरहेको देखेँ । मलाई डर थियो तालिबानले मलाई बाटोमा देखे भने मार्नेछन् । किनकि म मेरो कार्यालयको लुगामा थिएँ । लगभग दुई घण्टापछि म अन्ततः मेरो घर पुगेँ ।

    म यति धेरै डराएको थिएँ कि परिवारका सदस्यसँग कुरा गर्न पनि सक्किनथेँ । यो दिन म कहिल्यै बिर्सन सक्दिन। मैले पूरै रात डरमा बिता एँ। मलाई लाग्यो कि कुनै पनी समय कोहि हाम्रो ढोकामा ढकढक गर्न आउँछ ।

    त्यो बेला सबैजना कतै लुक्न खोज्दै थिए । म एक नातेदारको घरमा जान चाहँन्थे। तर बाटोेमा उनीहरुलाई भेट्ने डर थियो। त्यसैले मैले आँट गर्न सकिन ।

    हामी तालिबानलाई विश्वास गर्दैनौं

    म अहिले घरमा सुरक्षित महसुस गर्छु । यदि उनीहरु हाम्रो घरमा आए पनि मैले कहिल्यै सरकारको लागी काम गरेको छु भन्ने थाहा पाउँदैनन्। तालिबानले आफ्ना लडाकुहरु मानिसहरुको घरमा प्रवेश नगर्ने बताएको छ ।

    तर हामी उनीहरुलाई भरोसा गर्न सक्दैनौं । जब टिभीमा देख्छु म डराउँछु। म यसमा धेरै दुःखी छु । हामीले उनीहरुको क्रुरता देखेका छौं । हामी कसरी उनीहरुलाई भरोसा गर्न सक्छौं ? अहिले पनि म डरको कारण राती निदाउन सक्दिन ।

    म देश छाड्नका लागि भिसाको प्रतिक्षा गरिरहेको छु । के हुनेछ म भन्न सक्दिन । यदि म अफगानिस्तानमा बसे भने के उनीहरुले मलाई काम गर्न दिन्छन् ? मलाई लाग्दैन । म अफगानिस्तानमा मेरो भविष्य सुरक्षित देख्दिन । मलाई लाग्छ हाम्रा लागि सबै कुराहरु समाप्त भइसकेका छन् । मैले अब भविष्यको लागि मेरो आशा गुमाएको छु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार