धनगढी । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले झण्डै डेढ लाख नगद र लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१२ ऐरीका २० वर्षीय सुदर्शन भारती हुन् ।
भारतीको साथबाट एक लाख ४१ हजार नगद, १४.६७ ग्राम लागुुऔषध खैरो हिरोइन र ८.५० ग्राम चरेश बरामद गरिएको न्यौपानेले बताए ।
भारतीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।