Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यी हुन् अफगानिस्तानी युवा फुटबलर जो भागेर अमेरिका जान खोज्दा उडिरहेको विमानबाट खसे


    शुक्रबार, भाद्र ४ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अमरिकी सेनाको विमानबाट खसेर ज्यान गुमाउने एक व्यक्ति अफगानिस्तानको युवा फुटबलर रहेको खुलेको छ। काबुलबाट विमानको चक्कामा लुकेर भाग्ने क्रममा खसेका भनिएका दुईमध्ये एक जाकी अनवरी रहेको बताइएको छ।

    १९ वर्षीय अनवरीले अफगानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जानकारी दिएको छ। अफगानिस्तानको फिजिकल एजुकेसन एन्ड स्पोर्टको जेनेरल डाइरेक्टरेटले अनवरीको निधनप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। ‘उनको आत्माले शान्ति पाओस् र उनको परिवार, मित्र र समकक्षीका लागि भगवानसँग प्रार्थना गर्दछौँ,’ संस्थाले भनेको छ।

    विद्रोही समूह तालिबानले कब्जा जमाएपछि धेरै मानिसहरुले अफगानिस्तान छाड्ने प्रयास गरेका थिए। हाल पनि यो क्रम रोकिएको छैन। सोमबार अमेरिकी एयरफोर्सको विमानको छेउमा रनवेमा सयौँ मानिसहरू कुद्दै गरेको र केही विमानको चक्कामाथि झुन्डिएर बसिरहेको भिडियो सार्वजनिब भएको थियो।

    अफगानिस्तान छाडेर भाग्ने क्रममा कम्तीमा दुई जना विमानबाट खसकेका थिए। यता, कतार आइपुगेको विमानको ल्यान्डिङ गियरमा मानिसहरूको शव फेला परेको पुष्टि भएको छ। विमानबाट खस्ने अर्का व्यक्तिबारे कुनै जानकारी फेला पारिएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार