Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज भाद्र ४ गते शुक्रवारको राशिफल


    शुक्रबार, भाद्र ४ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

    क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

    आज धार्मिक यात्राको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    आज लक्ष्मी प्रसन्न हुने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

    आज धार्मिक कार्य सफल रहनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

    प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

    आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

    सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

    नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

    आज कुनै नकुनै कुराले मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग भेटिनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

    राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । सामान पनि हराउन सक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    आज मानसिक शान्ति मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार