Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    बिहिबार, भाद्र ३ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेको हो ।

    बुधबार प्रतितोला ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १ हजार १ सय ८० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार