Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड, बाबुराम र नेपालले आज एकै मञ्चबाट सम्बोधन गर्दै


    बिहिबार, भाद्र ३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले आज (बिहीबार) एकै मञ्चबाट सम्बाेधन गर्ने भएका छन् ।

    समाजवादी केन्द्र नेपालले आयाेजना गर्न लागेकाे ‘एक्काइशाैँ शताब्दीकाे मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रिया कार्क्रममा यी तीनै जना कम्युनिष्ट नेताहरुले सम्बाेधन गर्न लागेका हुन् ।

    कार्यक्रम बिहान ११:३० बजेदेखि दिउँसो २:३० बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुन लागेकाे हाे ।

    उक्त अन्तरक्रिया कार्यक्रममा वामदेव क्षेत्री (घिमिरे) द्वारा लिखित ‘कृषि र समाजवाद’ नामक पुस्तक पनि विमोचन हुने कार्यक्रम पनि रहेको छ।

    E9HkKKBUUAQqydJ.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार