Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेलाई ‘थोत्रिएको घर’ भन्दै माधव नेपाललाई बाबुरामको बधाइ


    बिहिबार, भाद्र ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एमाले) मा विद्रोह गरी नयाँ दल दर्ता गरेका माधव नेपाललाई बधाइ दिएका छन् ।

    डा. भट्टराईले सामाजिक सञ्जाल  ट्विटरमार्फत नेकपा एमालेलाई थोत्र घर भन्दै नयाँ दल दर्ता गर्ने नेपाललाई बधाई दिएका हुन् । उनले आफैले बनाएको थोत्रिइसकेको पुरानो घर छोडेर नयाँ घर बनाउने अभियानमा लागेका नेपाललाई धन्यवाद भनेका छन् । 

    पार्टीहरू फुट्नु राम्रो नमानिए पनि पुरानो ध्वस्त नभई नयाँ निर्माण नहुने भन्दै भट्टराईले भने – ‘अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस् ‘

    ‘ढिलै भए पनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाँ’ घर बनाउने अभियानमा लाग्नुभएका माधव नेपाल र साथीहरुलाई बधाइ तथा शुभकामना,’ नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार