Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणबाट राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको मृत्यु


    बिहिबार, भाद्र ३ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कोरोना संक्रमणका कारण राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ। 

    राजधानी डेलीडटकमका सम्पाद ध्रुव लम्सालका अनुसार ६७  बर्षीयअध्यक्ष शेरचनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो।

    राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका अध्यक्ष समेत हुन्। अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका छन्।

    संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन्। उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन्।

    उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार