Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देश छाडेर हिडेका अफगानी राष्ट्रपति युएईमा भेटिए, कार र हेलिकप्टरमा पैसा लिएर भागेको खुलासा !


    बिहिबार, भाद्र ३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अफगानिस्तानमा विद्रोही समूह तालिबानको शासन शुरु भइसकेको छ। गत आइतबार तालिबानले देशको राजधानी काबुल कब्जा गरेपछि अफगानि राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका थिए।

    भिडियो देखिएअनुसार हात हल्लाउँदै विमान चढेका गनी उज्वेकिस्तान हाँक्किएको अनुमान गरिएको थियो। तर, हालै प्राप्त जानकारीअनुसार उनी युएईमा रहेका छन्। गनी आफ्नो परिवारसहित अबुधावी पुगेको खुलेको युएई सरकारले पुष्टि गरेको छ।

    युएईको परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय कर्पोरेशनले युएईले राष्ट्रपति गनी र उनको परिवारलाई स्वागत गरेको जानकारी दिएका छन्। तालिबानबाट खतरा हुन सकने भन्दै विभिन्न देशहरुले त्यहाँबाट आफ्नो नागरिकलाई उद्धार गरिरहेका छन्। यद्यपि तालिबानी नेताहरुले कसैलाई हानी नगर्ने बताउँदै आएका छन्।

    यसैबीच राष्ट्रपति गनीले देश छाड्दै गर्दा उनीमाथि पैसाले भरिएको चारवटा कार र हेलिकप्टर लिएर भागेको आरोप लागेको छ।

    संकटको स्थितिमा देश छाडेर भागेका गनीमाथि रुसले पैसा चोरको आरोप लगाएको हो । गनीलाई पक्राउ गर्न इन्टरपोल प्रहरीलाई आग्रह समेत गरिएको छ । ताजिकिस्तानस्थित अफगानिस्तान दूतावासले राष्ट्रपति गनी र उनका दुई सहयोगीलाई पक्राउ गरिदिन इन्टरपोल प्रहरीलाई आग्रह गरेको अन्तर्राष्ट्रिय सत्तचारमाध्यमले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार