Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल समूहकाे नयाँ पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’, चुनाव चिन्ह ‘खुला किताब’


    बुधबार, भाद्र २ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसमूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिन्ह खुला किताब राख्ने भएकाे छ । 

    बुधबार नयाँ बानेश्वरस्थित होटल अर्यालमा बसेकाे बैठकले नाम नेकपा एमाले समाजवादी र चुनाव चिन्ह खुला किताब राख्ने निर्णय गरेकाे एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

    सरकारको सिफारिसमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल समूहले दल दर्ताको तयारी समेत गरेको छ । सम्भवत  बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ ।

    यतिबेला नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल समूहको तर्फबाट नयाँ पार्टी दर्ताका लागि हस्ताक्षर संकलनको काम भइरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार