Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कारबाही रोक्न माग गर्दै नेपाल पक्षका १४ सांसद संसद सचिवालय पुगे


    बुधबार, भाद्र २ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै १४ सांसदले सचिवालयमा निवेदन दिएका छन् ।

    २७ वैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा संसदीय दलले ह्वीप नै नलगाएको र ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएको आधारमा कारबाही गर्नु सर्वोच्च अदालतको फैसला विपरीत भएको बताउँदै उनीहरूले सचिवालयमा निवेदन दिएका हुन् ।

    १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् ।

    अध्यक्ष ओलीले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई दलको ह्वीप उल्लंघन गरेकाे भन्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार