Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • चौतर्फी आलोचनापछि अध्यादेशबारे गगन भन्छन् – ओलीले ल्याउँदा चुप बस्नेहरुले देउवाको विरोध गर्न सार्वजनिक माफी माग्नु पर्छ


    बुधबार, भाद्र २ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले सरकारले दल विभाजनको अध्यादेश ल्याइएकोमा विरोध जनाएका छन्।

    सरकारले दल विभाजन गर्न सजिलो हुने प्रावधानसहितको अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सामाजिक सञ्जालमार्फत् नेता थापाले सरकारको निर्णयको विरोध जनाएका हुन्। 

    यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा ओलीले पनि दलसम्बन्धी अध्यादेश ल्याएका थिए । राष्ट्रपति भण्डारीले स्वीकृत पनि गरेकी थिइन् तर चौतर्फी विरोधपछि फिर्ता गरिएको थियो। त्यतिबेला विरोध गर्नेमा प्रमुख रहेका थापा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको भने विरोध नगरी मौन बसेपछि सामाजिक संजालमा आलोचना भएको थियो। 

    बुधबार अध्यादेश सम्बन्धी मुख खोलेका थापाले अध्यादेश गलत रहेको टिप्पणी गरेका छन् । उनले संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत ,सधैं गलत, जसले गरेपनि गलत भन्दै औला उठेका छन् । 

    यस्तै, नेता थापाले अध्यादेशको बिरोध गर्न त्यसलाई छुट छ जसले ओलीले ल्याउदा पनि गरेका थिए भन्दै लेखेका छन्, ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’

    यस्तै, सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘गत वर्ष वैशाखमा यसरी नै  संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन । विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार