Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शंकर पोखरेलको अग्नि परीक्षा आज: जोगिएला त मुख्यमन्त्रीको पद ?


    बुधबार, साउन २७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सत्ता संकटमा परेको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री पोखरेलको पद धरापमा परेको हो ।

    मंगलबार विपक्षी गठबन्धनले उनी विरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव पेश गरेसँगै पोखरेललाई मुख्यमन्त्रीको पद जोगाउनु पर्ने चुनौती आइलागेको छ ।

    लम्बिनी प्रदेशमा साउन १९ गते विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि आज दिँउसो १ बजेका लागि  विशेष अधिवेशन बोलाइएको छ ।

    गठबन्धनले संविधानको धारा १८८ को उपधारा ५ बमोजिम नयाँ मुख्यमन्त्रीका लागि माओवादी केन्द्र संसदीयदलका नेता कुलप्रसाद केसिलाई प्रस्ताव गरिएको छ । ८० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीको दल एमालेका ३८ जना सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउन पक्षमा ४१ मत चाहिन्छ । 

    तर,पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव असंवैधानिक भएकोले खारेजीको माग गर्दै सोमबार सर्वोच्च अदालतमा दायर भएको रिट आजको लागि पेशी तोकिएको छ । उक्त रिटमाथिकाे सुनुवाइले पनि मुख्यमन्त्री पोखरेलकाे पद जाने की बस्ने भन्ने कुराकाे निर्धारण गर्नेछ ।

    यसरी किचलो बनेको लुम्बिनी सरकारकाे बिषयमा आज नै छिनोफानो हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार