Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली आराेप: सरकारले एक महिनासम्म केही काम गरेन, दशैंमा केटाकेटी नाचेजस्तो नाचिरहयाे


    मंगलबार, साउन २६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सत्ता गठबन्धन असाध्यै हौसिएको बताएका छन् ।

    उनले असामान्य ढंगले सरकार परिवर्तन भएको भन्दै सत्ता गठबन्धन दशैंमा केटाकेटी आँगनमा नाचेजस्तो नाचिरहेको पनि बताए ।

    ओलीले भने- ‘सत्ता गठबन्धनका मित्रहरू असाध्यै हौसिनुभएको छ, केटाकेटी आँगनमा नाचेजस्तो नाच्नै ठिक्क । एक महिनासम्म बधाई र शुभकामना खुब चलेको छ। दशैं आएजस्तै भएको छ ।’ 

    सरकारले भूमि आयोग विघटन गरेर घाँटी सेर्ने काम भएको भन्दै ओलीले असन्तुष्टि समेत जनाएका छन् । 

    उनले सत्ता गठबन्धनको आलोचना गर्दै भद्दा र स्वार्थहरूको गठबन्धनतर्फ देश गएकाले यसले विकासको अभियानलाई सञ्चालन गर्न नसक्ने  दाबी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार