Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • ओली भन्छन्: म प्रधानमन्त्री बन्न जन्मिएको होइन, देशको सेवा गर्दै जाँदा संयोगले बनेकाे हूँ


    मंगलबार, साउन २६ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताएका छन् ।

    ‘म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु’, ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’

    उनले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमका बीच पनि दुई पटक प्रधानमन्त्री बनेको बताए । 

    यसअघि आफू विभिन्न राजनीतिक दलका कुण्ठा, जलन र ईर्ष्याबाट प्रधानमन्त्री बनेको नभई जनमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएको स्मरण गर्दै असाधारण जनमतका साथ आफू फेरी मूलढोकाबाट सरकारमा आउने आउने समेत जिकिर गरे । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार