Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवामाथि पौडेलले गरेको प्रहारमा गुरु भट्टराईको इन्ट्री, ‘असफल हुन् भन्ने ज्ञान रहेछ त, किन आफैले उचालेको ?’


    सोमबार, साउन २५ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि रेल्वे कम्पनीका महानिर्देशन गुरुप्रसाद भट्टराईले सरकारसंग निरन्तर आक्रोश पोख्दै आएका छन्। 

    केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस  लेख्दै उनी सरकारसहित नेकपा एमालेका नेता माधवकुमार नेपालसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका थिए ।

    निरन्तर सामाजिक संजालमा आक्रोश पोख्दै आएका भट्टराईले सोमबार बिहान कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रश्न गरेका छन् । नेता पौडेलले सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्तामा जानु देशकै बिडम्बना भएको भन्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि कडा प्रहार गरेका थिए। 

    नेता पौडेलको यही कुरालाई लिएर भट्टराईले सामाजिक सञ्जालमा प्रश्न गर्दै सोधेका छन्, यति ज्ञान रहेछ त, आफैले किन उचालेको ?

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार