Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पौने चार करोडको प्राचीन धर्मग्रन्थ भन्दै ठगेको आरोपमा दुई जना पक्राउ


    शुक्रबार, साउन २२ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  बौद्ध धर्मको धार्मिक ग्रन्थ हो भनी झुक्याएर सर्वसाधारण ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-१ घर भई माकलबारी बसिरहेका २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका-७ घर भई हाल काठमाडौं चाबहिल बसिरहेका ३० वर्षीय रजिन राई हुन् ।

    उनीहरूलाई बिहीबार गोकर्णेश्वर नगरपालका-८ आरुबारीबाट पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । 

    उनीहरूले आरुबारी नै बस्ने हेमप्रकाश मगरबाट १३ लाख ७९ हजार रूपैयाँ ठगी गरेको प्रहरीको दाबी छ । 

    तामाङ र राईले धार्मिक ग्रन्थ देखाएर त्यसको मूल्य ३ करोड ८५ लाख पर्ने बताउँदै मगरलाई झुक्काएका थिए ।  

    पक्राउ परेका दुबै जनालाई कारबाहीको लागि काठमाडौं जिल्ला प्रहरी परिसर पठाइएको कोइरालाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार