Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस


    शुक्रबार, साउन २२ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैंं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ ।

    साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारी तयारी भएपनि कोरोना संक्रमण फैलिँदै गएकाे भन्दै अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न सिफरिस गरिएकाे हाे ।

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगित गर्न सिफारिश गरेको हाे । 

    ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु’, उनले ट्वीटरमार्फत भनेका छन् । 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार