Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि देशभर भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान सुरु


    शुक्रबार, साउन २२ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले कोभिड-१९विरुद्धको भेरोसेल खोपको दोस्रोमात्र लगाउने अभियान आजदेखि देशभर सुरु गरेको छ। 

    पहिलो मात्रा लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो मात्राको खोप दिन थालिएको हो । खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ।

    काठमाडौंका सबै पालिकालाई खोप केन्द्र तोकिएको छ। स्थानीय स्वास्थ्य चौकी, विद्यालय र खुल्ला ठाउँमा केन्द्र स्थापना गरेर दोस्रो मात्राको खोप लगाइने छ। 

    खोप लगाउने क्रममा पहिलो मात्रा लगाएको कार्ड अनिवार्य गरिएको छ । उक्त कार्ड र विद्युतीय दर्ता नम्बर लिएर आफूलाई सजिलो हुने खोप केन्द्रमा पुगेर खोप लगाउन सकिने  स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    यसअघि असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका नागरिकमा भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार हालसम्म १ लाख ६५ हजार नागरिकले भेरोसेल खोपको पहिलोमात्रा लगाको मन्त्रालयले जनाएको छ। 

    यस्तै, मन्त्रालयले हालसम्म खोप लगाउन बाँकी रहेका व्यक्तिहरुले स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर अनिवार्य आफ्नो विवरण इन्ट्री गर्नुपर्ने बताएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार