Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने, कहाँबाट कति खोप आउँदैछ ?


    बिहिबार, साउन २१ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं ।  स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप नेपाल आउने बताएका छन् ।

    बिहीबार बसेको बैठकमा संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट यही शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने जानकारी गराए । 

    यस्तै चीनबाट यही १५ तारिखभित्र १६ लाख खोप आउने बताए । चीनबाट नै साईनोफार्मको ६० लाख भेरोसेल खोप आउने र भारतबाट १० लाख खोप आइपुग्ने जानकारी गराए । यस्तै भुटानबाट ३ लाख कोभिडशील्ड खोप आउनेक्रममा रहेको राज्यमन्त्री श्रेष्ठले बताए । 

    यस्तै आगामी पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको १ करोड १० लाख खोप, विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी १ करोड १३ लाख खोप आउने मन्त्री श्रेष्ठले बताए ।  यस्तै अमेरिकाबाट ६० लाख फाईजर खोप ल्याउने तयारी छ । फाईजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहलाई लगाइने मन्त्री श्रेष्ठले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार