Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्ययनका लागि हृदयेन्द्र अमेरिका जाँदै


    बिहिबार, साउन २१ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाह उच्च शिक्षा अध्ययन गर्न अमेरिका जाने भएका छन् । 

    अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उनी अमेरिका जाने निर्मल निवास उच्च स्रोतले जनाएको छ ।

    कालिमाटीको रविभवनस्थित लिंकन विद्यालयबाट कक्षा १२ सम्मको शिक्षा सकेर उनी उच्च शिक्षाका लागि अमेरिका जान लागेको स्रोतले बतायो। 

    यद्यपि, अमेरिकाको कुन विश्वविद्यालयमा उनी अध्ययनका लागि जान लागेका हुन् त्यो भने खुलाइएकोे छैन ।

    पछिल्लो समय पारसले मोटरसाइकल चलाउदा हेल्मेट नलगाएको बिषयमा लिएर राजधानीको सडकमा लफडा गरेको भन्ने समाचार बाहिरिएको थियो, भने उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । हृदयेन्द्रकी आमा हिमानी भने हाल थाईल्याण्डमा रहेकी छिन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार